टेक्ससकेा डयालसमा देखियो मान्छेमा दुर्लभ प्रकारको ‘मंकीपोक्स’ भाइरस

अमेरिका– अमेरिकाको टेक्ससमा एक जना व्यक्तिमा दुर्लभ प्रकारको भाइरस मंकीपोक्स देखापरेको छ ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले ( सिडिसी) ले यस बारेमा जानकारी दिएको हो । केही दिन पहिला नाइजेरियाबाट फर्किएका एक व्यक्तिमा यो भाइरस देखिएको पृष्ठि भएको छ । उनलाई ड्यालसको एउटा अस्पतालको आइसोलेशन मा राखिएको छ । सिडिसीले उनमा यो रोग देखिएपछि उनी संग सम्पर्कमा आएकाहरुसंग सम्पर्क गरिरहेको छ । सन् २००३ मा यो भाइरस फैलिदा ४७ जना चपेटामा परेका थिए । झण्डै बीस वर्षपछि यो भाइरस यहा“ देखिएको हो ।
दुर्लभ प्रकारको यो रोग मंकीपोक्स मध्य तथा पश्चिमी अफ्रिकामा देखिने गरेको छ । जनवारमा रहने यो भाइरस कहिलेकाही मान्छे पनि फैलिने गरेको विज्ञहरु बताउछन् । यो भाइरस फ्लु जस्तै असर पार्छ । अनुहार तथा शरीरमा फोका देखिने गर्छ । यो रोगको इन्फेक्सन दुई देखि चार साता रहने गरेको छ ।
एजेन्सीकेा सहयेागमा
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...