अमेरिका– कोरोनाभाइरसको असर हरेक व्यक्तिमा फरक–फरक हुने गरेको छ । यो घातक हुनुमा प्रतिरोधात्मक क्षमता संगै पुरानो रोगले पनि सिधा सम्बन्ध राख्छ ।
अनुसन्धानकर्ताले गरेको एउटा नया अध्ययनमा कोरोनाभाइरसबाट सामान्य व्यक्तिको तुलनामा मनोरोगबाट ग्रस्त रोगीहरु अस्पताल भर्ना हुने र मर्ने संभावना दुई गुना बढी हुने गरेको छ । यो अध्ययन स्वास्थय सम्बन्धी पत्रिकामा प्रकाशित भएको हो । अध्ययनमा २२ देशका ३३ अध्ययनकर्ता सामेल थिए । अध्ययनमा १४ लाख भन्दा बढी कोभिड का बिरामीलाई सहभागी गराइएको थियो । यिनमा ४३ हजार बढी मनोरोगी थिए । यिनिहरु मध्ये कोरोनाबाट मर्ने र अस्पताल पुग्ने खतरा बढी देखिएको थियो ।
अध्ययनमा मनोरोगीलाई उनिहरुलाई दिइने औषधीले प्रतिरोधात्मक क्षमता कम हुनुमा कोरोनाको खतरालाई बढाएको थियो । साथै उनिहरुमा हदयरोग हुने खतरा पनि देखिएको थियो ।
पेरिस विश्वविद्यालयका प्रोफेसर मेरियन लेबोयरले खराब खानपीन, शारीरिक श्रम, धेरै मदिरापान र धुम्रपान तथा अनिन्द्राका कारण कोरोनाभाइरसको तिव्रतामा असर पार्ने गरेको छ । अध्ययनकर्ताले स्वास्थय अधिकारीहरु संग मनोरोगीहरुलाई प्राथमिकतामा राखेर कोराना भ्याक्सिन लगाउन सल्लाह दिएका छन् ।
एजेन्सीहरुको सहयोगमा

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected