अमेरिका– अमेरिकाको टेक्सस स्थित हयुस्टनको एउटा मोटेलमा एक आक्रमणकारीले बन्दुक हमला गरि दुई जनाको ज्यान लिएका छन् । प्रहरी कार्वाहीमा ती आक्रमणकारीको पनि ज्यान गएको छ । आईतबार राती अबेर होटलमा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ ।
अन्दाजी  ३५ वर्षका आक्रमणकारीले होटलको बालकनीबाट पनि गोलीबारी गर्दा पार्किङ स्थलमा अन्य दुई व्यक्ति समेत घाइते भएका छन् । पार्किङ स्थलमा आक्रमणकारीले बन्दुक चलाउदा प्रहरीकेा जवाफी कार्वाहीमा उनकेा  मुत्यु भएको छ । उनले के कारणले बन्दुक आक्रमण गरे भन्ने बारेमा केही खुलेको छैन । आक्रमणकारी हत्या गरिएका दुई व्यक्ति संग परिचित रहेको बताइएको छ । प्रहरीले घटना बारेमा अनुसन्धान गरिरहेको छ ।

एजेन्सीकेा सहयेागमा

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected