गोष्ठीमा सहभागी हुन आएकी नगरपालिकाकी उपमेयर दुईवर्षदेखि अमेरिकामै
अमेरिका– कालिकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) अमेरिका आएको २१ बितेछ । चार दिने गोष्ठीमा सहभागी हुन आएकी उनी दुई वर्ष बितिसक्दा समेत नेपाल फर्किएकी छैनन ।
उनी गत २०७६ कात्तिक एक गते इन्टरनेशल सिटी म्यानेजर एशोसिर्एसन ले आयोजना गरेको गोष्ठीमा सहभागी हुन अमेरिका आएको सेतो पाटिले समाचार लेखेको छ । चार दिने गोष्ठीमा सहभागी हुन अमेरिका आएकी उनी तीन महिनासम्म यतै बस्दा पनि खोजी भएन । २०७६ माघ ९ मा सुर्खेतमा भएको राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न नआएपछि उनी अमेरिकाबाट नफर्र्किको हल्ला चल्यो । अहिले उनी कार्यालयमा सम्पर्कमा समेत छैनन । स्थानिय सरकारको उपप्रमुख जस्तो जिम्मेवार व्यक्ति कार्यालयबाट सम्पर्क बिहीन हुदा समेत उनको तलब सुविधा नरोकिएको बताइन्छ ।
सबैले बेपत्ता भएको भनेपछि दर्शनाले आफु ढाडको उपचार गराउन अमेरिका बसेको स्पष्टीकरण दिएकी छिन् । र समाचारमा आएजस्तो आफु अमेरिकामा नहराएको बताएकी छिन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...