ग्राहक बनेर आएका लुटेराले झन्डै ज्यान लिएनन टेक्ससमा नेपाली बिधार्थीकेा
-शिव शर्मा
टेक्सस–टेक्ससको ए एन्ड एम युनिभर्सिटीबाट भर्खर ग्रेज्यावेट गरेका थिए २३ वर्षिय आर्यन रिजालले । उनले दुई वर्ष अघि म्याकबुक प्रो किनेका थिए । धेरै चलाएका थिएनन ।
२५ सय डलरमा किनेको म्याकबुक उनले १९०० डलरमा बिक्रीका लागी मार्केट प्लेशमा राखे । मार्केट प्लेशमा उक्त म्याकबुक देखेपछि ड्यालसतिरका ग्रेलड जोनसन नामका एक अश्वेत युवकको फेसबुक प्रोफाइलबाट म्याकबुक किन्नका लागी उनको म्यासेन्जरमा म्यासेज आयो । सुरुमा ति अश्वेत व्यक्तिले ड्यालसमै म्याकबुक ल्याईदिन भने । तर आर्यनले उनलाई आर्लिङटन स्थित आफनै अर्पाटमेन्टमा बोलाए ।
अर्पाटमेन्टको लिजिङ अपिस नजिकै ति अश्वेत युवक आए । झण्डै दुई तीन मिनेट उनिहरुको कुराकानी भयो । ति अश्वेत युवाले म्याकबुकको सिरियल नम्बर गुगलमा सर्च गरेर देखाउन आर्यललाई भने । त्यही मौकामा उक्त अश्वेत युवाले उनको म्याकबुक लिएर भाग्न खोज्यो । ति युवालाई गाडीभित्र पस्न लाग्दै आर्यनले समाए ।
तर गाडी भित्र अर्का अश्वेत युवा पनि रहेछन् । आर्यनलाई बाहिर धेकेलर दुबै जना मिलेर कुटन थाले । आखिर ती युवाहरु लुटने उद्देश्यले नै आएका रहेछ भन्ने चाल आर्यनले पाए । तिनिहरुले उनलाई निर्घात कुटपिट गर्न थाले । समातेर भुईमा टाउको बर्जान थाले । ढाडमा प्रहार गरेपछि आर्यन बेहोस भए । बेहोस भएर ढलेका आर्यनको देब्रे खुट्टाको पैतला माथिबाट टायरले किचेर ति अश्वेत युवा कार कुदाएर फरार भए ।
टाउको, ढाड तथा खुट्टामा गंभीर चोट लागेका आर्यन दुई साताको अस्पताल उपचार पछि अहिले घरमै आराम गरिरहेका छन् । उनि माथि कुटपीट भएको घटना लिजिङ अपिसका म्यानेजरले देखेपछि प्रहरीलाई फोन गरेर बोलाएका थिए । प्रहरी आउदा सम्म लुटेरा फरार भइसकेका थिए । प्रहरीले नै उनलाई अस्पताल पुराएका थिए ।
उनको म्याकबुक किन्न आउने उक्त युवाले विद्यार्थी भएको परिचय खुलाउदै फेसबुक अकाउन्ट खोलेर रहेछन् । ति युवा पेशेवर लुटेरा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले अहिले आर्यन माथि आक्रमण गर्ने ति लुटेराहरुको खोजी गरिरहेको छ । धन्न अर्पाटमेन्ट मै बोलाएछु , उनिहरुले भनेको ठाउमा म्याकबुक पुराउन गएको भए सायद ज्यानै जाने थियो होलाघरमै आराम गरिरहेका आर्यनले भने– मार्केट प्लेशमा सामान बेच्दा सबैले अहिले ध्यान पुराएर गर्नुहोला, लुटेराको फन्दामा पनि पर्न सकिने रहेछ ।’
आर्यनले अस्पतालमा होस खुलेपछि नै खुट्टाको पैतलामा लुटेराले गाडीको टायर कुदाएर उनको तीन वटा हडडी फुटेको थाहा पाए । आर्यन विद्यार्थी भिसामा पा“च वर्ष अघि अमेरिका आएका हुन । आइटी विषय लिएर पढेका उनले भर्खर ग्रयाजुवेट गरेका हुन । उनी संग इन्सुरेन्स नभएकाले अस्पतालको बिल ९० हजार डलर भन्दा बढी आएको छ ।
अहिले हरेक दिन खुट्टाको थेरापी गर्नु परेको छ । चार महिना देखि उनले काम गर्न पाएका छैनन । विद्यार्थी जीवन चलीरहेको उनलाई अस्पतालको बिल र दैनिकी खर्च जुटाउन हम्मे परेको छ । उनलाई यतिबेला सहयोगको आवश्यकता परेको छ । सहयोगका लागी सबैसंग उनले गोफन्ड मार्फत अनुरोध गरेका छन् । (आर्यनसंग कुराकानीमा आधारित)
सहयेागका लागी