अमेरिका– अमेरिकाको बासिङटन डिसी स्थित वाइट हाउसका एक कर्मचारी र स्पीकर न्यान्सी पेलोसीका वरिष्ठ सम्पर्क सहयोगी क दुबै डोजको भ्याक्सिन लगाए पछि पनि फेरि कोरोना संक्रमण भएको पृष्ठि भएको छ ।
बाइट हाउस प्रेस सचिव जेन साकीद्धारा भ्याक्सिन लगाइसकेका दुबैमा कोरोना संक्रमण भएको पृष्ठि भएको हो । गत साता डिसीमा टेक्ससका लेलिस्लेचर सदस्यहरु संग भेटघाट पछि उनिहरुमा कोभिड–१९ को जाच गर्दा पोजेटिभ देखिएको हो । स्पीकर पेलोसिका प्रवक्ता ड्रियु हैमिलले पनि कोरोना संक्रमण भएपछि दुबै जना सहयोगी पेलोसिको सम्पर्कमा नआई घरबाटै काम गरेको जानकारी दिएका छन् ।
टेक्ससका डेमोक्रेट सासद संगको भेटघाट कार्यक्रम पछि वााइटहाउसका ति कर्मचारी बिरामी भएको समाचार एजेन्सी एएनआईका अनुसार सिएनबिसी च्यानलमा स्पीकर पेलोसीका प्रवक्ताका हवला दिदै समाचारमा जनाएको छ । स्पीकर पेलोसीले आफना सदस्य संक्रमण हुनु ज्यादै दुख्द कुरा बताउदै यो घटनाले मास्क अनिवार्य लगाउन र भ्याक्सिन लगाउन आवश्यक रहेको पृष्ठि भएको बताएकी छिन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected