नेपाली युवा उत्सव हलिउडका सेलिब्रेटी छाउने म्यागजिनको कभर पेजमा आउने प्रतिस्पर्धामा

शिव शर्मा
टेक्सस– अमेरिकामा बसेर शारीरिक सुगठन प्रतियोगितामा आफुलाई अब्बल बनाइरहेका नेपाली युवा उत्सव सिंह यतिबेला चर्चित मसल एण्ड फिटनेस म्यागिजनको कभर पेजमा आउन लागी प्रतिस्पर्धा गरिरहेका छन् । यो म्यागजिन बडी बिल्डिङ सम्बन्धि बहुचर्चित मानिन्छ ।
यो म्यागजिनमा हलिउडका चर्चित सेलिब्रेटी देखि अन्य क्षेत्रमा ख्याति कमाएकाहरु कभर फोटो छापिने गरेको छ । यतिबेला यो चर्चित म्यागजिनको कभर फोटोमा आउनका लागी बुटबल स्थायी घर भएका नेपाली ठिटो उत्सव सिंह प्रतिस्पर्धामा छन् । प्रतियोगिताको क्वाटरफाइनलका लागी आज भोट गर्ने अन्तिम दिन हो । नेपाली गौरव उत्सवलाई बहुचर्चित म्यागजिनको कभर फोटोमा ल्याउन सबैलाई भोट गर्न उत्सवले आग्रह गरेका छन् । भोटिङ निर्णायक हुनेछ जितका लागी । अहिले उनी भोटिङमा दोस्रो स्थानमा छन् । उनले क्वाटरफाइनल जिते भने सेमिफाइन हुदै फाइनलको यात्रा जितेर चर्चित म्यागजिनको कभरमा आएर आफनो मात्र नभई नेपालीको गौरवलाई झल्काउने छन् ।
अमेरिकाका टेक्ससको मस्किटमा बस्दै आएका उत्सवले हालै मात्र टेक्ससमा आयोजना भएको मिष्टर एण्ड मिस युएसए प्रतियोगितामा दुई स्वर्ण पदक जितेका थिए । यस अघि २०१९ मा मे्रल्यान्डमा भएको प्रतियोगितामा समेत उनले गोल्डमेडल जितेका थिए । अमेरिकामा बसेर नेपालको प्रतिनिधित्व गदै गोल्डमेडल जित्ने उनि पहिलो युवा हुन ।
सात वर्ष अघि अमेरिका आएका उत्सवले नेपालमा रहदा पनि मिष्टर नेपाल देखि अन्य शारीरक सुगठन प्रतियोगितामा सहभागी भएर पुरस्कार जितेका थिए ।
भेाट गर्न येा लिंकमा जानु हेाला
https://cdn.mshealthandfitness.com/8c7819b51bbe3b4d34c9c5d2651ba245.jpg