अमेरिकामा कोरोनाबाट संक्रमित हुने बालबालिकाको संख्या ४० लाख बढी

अमेरिका–अमेरिकामा पछिल्लो समय आएको नया तथ्याङक अनुसार अमेरिकामा अहिलेसम्म ४० लाख भन्दा बढी बालबालिका कोरोनाबाट संक्रमित भएका छन् ।
अमेरिकन एकेडेमी अफ पिडियाट्रिक्स तथा बाल अस्पताल एशोसिएसन का अनुसार कोरोना महामारी सुरु भएदेखि अहिलेसम्म अमेरिकामा यतिका संख्यामा बालबालिका कोरोना संक्रमित भएका हुन । रिपोर्ट अनुसार १५ जुलाई सम्म ४० लाख बालिबालिका कोभिड १९ बाट संक्रमित भएका छन् ।
अमेरिकामा सबै कोरोनाको तथ्याङकमा बालबालिको केश १४.२ प्रतिशत हो । जसमा अस्पताल भर्ना हुने कुल संख्या मध्ये बालबालिकाको १. ३ प्रतिशत देखि ३.६ प्रतिशत र मृत्युमा शुन्य देखि शुन्य दशमलव २६ प्रतिशत हिस्सा बालबािलकाको रहेको छ ।
रिपोर्ट अनुसार बालबालिकामा कोरोना संक्रमणबाट गंभीर रुपमा बिमारी हुने संख्या अति कम रहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected