हेर न, रत्नाकर!
यहाँ धेरै लुटेराहरु छन्
कोहि गुन्डागर्दी गर्छन
कोहि बन्दुक देखाउँछन
कोहि राजनितीको आड लिन्छन
कोहि ब्यापारीको भेषमा छन्
कोहि नकली साधु छन्
कोहि…
काम गरेन शिक्षा, दिक्षा, अर्ती, उपदेशले
काम गरेन नियम– कानुन पालन गराउने निकायले
बढी रहे लुटेराहरु तिनीहरुकोनै मान–ईज्जत हुन् थाल्यो
नैतिकता, सौम्यता सवै बेकार हो जस्तो हुन् थाल्यो
देश रसातलमा पुग्न थाल्यो
तिमी आऊ, रत्नाकर !
तिम्रो बाल्मिकी आश्रम
अझै सुरक्षित राखेका छौ
तिमी आऊ, त्यहि बस
भेला गर यो देशका रत्नाकरहरुलाई
सुनाऊ आफ्नो कथा ती स्वाँठहरुलाई
सम्झाउ
अभिमुखीकरण गर
प्रशिक्षित गर
तिनीहरु तिमी जस्तै बाल्मिकी बन्न नसके पनि
असल मान्छे मात्रै बने भने पनि
यहाँ सुख–शान्ती हुने थियो
यो देशको कल्याण हुने थियो
यो देश स्वर्ग हुने थियो
–
जुलाई १५, २०२१
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...