अमेरिका– अमेरिकाकामा बढदो कोरोनाको डेल्टा भेरियन्टका कारण फेरि गभीर संक्रमणलाई ध्यानमा राखेर सबैका लागी मास्क अनिवार्य हुने संभावना देखिएको छ ।
अमेरिकाका वरिष्ठ संक्रमक रोग विशेषज्ञ डा एन्थोनी फाउचीले सरकारका फेरि शीर्ष स्वास्थय अधिकारीहरुले सबैका लागी मास्क अनिवार्य रुपमा सिफारिस गर्न गंभीर विचार विमर्श भइरहेको बताएका हुन । एक टेलिभिजन च्यानलमा अन्तर्वाता दिदै फाउचीले यसमा भ्याक्सिनको दुबै डोज लगाएकलाइृ पनि मास्क अनिवार्य हुने बताएका हुन ।
फाउचीले अमेरिकाका डेल्टा संक्रमण बढनुमा भ्याक्सिन नलगाएकाहरु बढी जिम्मेवार देखिएको दाबी गरेका छन् ।
फाउचीले गलत दिशामा हिडीरहेको अमेरिकाको स्थिति नियन्त्रणमा लिनका लागी भ्याक्सिन लगाएका अमेरिकीहरुमा पनि मास्क अनिवार्य गर्ने कुराबारे बिचार गरिरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार रहेका फाउचीले अमेरिकाकामा कोरोनाभाइरस भ्याक्सिन नलगाएकाहरुका बीचमा एउटा महामारी बनेको प्रतिकृया दिएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected