अमेरिका– अमेरिकाको अलास्का प्रायद्धिपमा ठुलो भुकम्पको धक्का महसुस भएको छ ।
भुकम्प मापन केन्द्रका अनुसार ८ दशमलव २ म्यागनिच्युटको धक्का महसुस गरिएको जनाएको हो । अलास्काको पेरिभिल सहरको ९१ किमी पुर्व–दक्षिण पुर्वमा भुकम्पको केन्द्र मानिएको छ । भुकम्पको ठुलो झटका संगै दक्षिण अलास्का, हवाई तथा अलास्का प्रायद्धिपमा सुनामीको चेतावनी दिइएको छ । सबैलाई समुन्द्री तटबाट टाढा र सुरक्षीत स्थानमा जान आग्रह गरिएको छ ।
अलास्कामा दुई महिना अघि पनि ६ दशमलव १ म्यागनिच्युटको भुकम्प गएको थियो । अलास्कामा आएको भुकम्पबाट कुनै धनजनको क्षति भने भएको छैन ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...