अमेरिका– न्युयोर्कबाट टेक्सस बसाई सरेर आएका नेपाली समुदायले टेक्ससमा आपसी जमघटका लागी पिकनिक आयोजना गरेका छन् ।
एक्स न्युर्वकर ग्रुपले अमेरिकामा कोरोना महामारीका कारण सामुहिक भेटघाटका कार्यक्रममा लामो समयसम्म स्थन भएपछि भेटघाटका लागी यो कार्यक्रम गरेको हो ।
भेटघाट तथा पिकनिक कार्यक्रम आउदो अगष्ट एक गते युलेसस्थित बियर क्रिक पार्कमा आयोजना हुने आयोजकले जनाएको छ । पिकनिका लागी १० डलर शुल्क तोकिएको छ । न्युयोर्कबाटै बसाइरहेका आएका सहकुल खत्रीले वनभोज कार्यक्रमको संयोजन गरेका हुन ।
पछिल्लो समय न्युयोर्कबाट बसाई सरेर नेपालीहरुको बाक्लो बसोबास रहेको टेक्सस राज्यमा नेपालीहरु आउने क्रम हवात्तै बढेको छ । कोरोना महामारीले गाजेपछि झनै न्युयोर्कका नेपालीहरु टेक्सस आउन थाल्यो । न्युयोर्क कोरोनाको इपिसेन्टर मात्र बनेनन केही नेपालीले ज्यान पनि गुमाए ।
सहज बसाई र व्यापार व्यवसायका लागी न्युयोर्क देखि नेपालीहरु आउने क्रम टेक्ससमा बढेको छ ।
कोरोना महामारी सुरु भए यता न्युयोर्कबाट झण्डै एक हजारको हाराहारीमा नेपालीहरु टेक्सस बसाई सरेको बताईन्छ । ्
न्युयोर्कबाटै बसाइ सरेर आएका रियल्टर सुर्य थापा, रन्जन थापा तथा रुपक थापा लगायतबाट न्युयोर्कबाट आएका झण्डै २५० जनाले त डयालस फोटवर्थ क्षेत्रमा घर किनेर बसीसकेका छन् । केही अपार्टमेन्टमा बसेका छन् । अझै पनि घर किन्ने र बसाई गर्ने प्रकृया चलीरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected