अमेरिका– अमेरिकामा भारतीय मुलका ड्रक डाइभरलाई मनि लाउन्ड्रिङ तथा विना लाइसेन्सको हतियार राखेको अभियोगमा जेल सजाय सुनाइएको छ ।
अमेरिकाको इन्डियानामा बसोबास गर्ने लवप्रित सिंहले छलछाम तवरले साथीसंग रकम उठाएर अन्यत्र पठाएको अभियोगमा १५ महिनाको जेल सजाय सुनाइएको हो । उनले छल गर्ने उद्देश्य सहित मनि लाउन्ड्रिङ तथा विना लाइसेन्सको हतियार राखेको अभियोग स्वीकार गरिसकेका छन् ।
उनले २०१५ देखी २०१८ सम्म अमेरिका तथा भारतमा ९ जना संग मिलेर छलछाम संगै बैकलाई समेत छल गरेको अभियोग छ ।
उनले अमेरिकाका विभिन्न व्यक्तिहरु संग इमेल र ठेगाना तथा अन्य व्यक्तिगत जानकारी हासिल गरि अमेरिकाको मिसिसिपीको विभिन्न क्षेत्रमा व्यापारिक संस्था खोलेका थिए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...