अमेरिका– अमेरिकाको न्युयोर्कमा बसोबास गदै आएका नेपाली युवाको अकस्मात स्वास्थमा समस्या आएपछि उपचारका क्रममा निधन भएको छ ।
न्युयोर्कको ग्रयान्ड एभिन्युमा बस्दै आएका २८ वर्षिय युवा विपिन लम्सालको निधन भएको हो । पर्वत स्थायी घर भएका विपिनको अमेरिकी सपना अलपायुमै भएको निधनले चकनाचुर भएको छ ।
प“ाच वर्ष अघि मात्र अमेरिका आएका लम्सालको शब अस्पतालमै रहेको छ ।
विपिनको शब नेपाल पठाउन पहल गरिदिन गैरआवासिय नेपाली संघ एनआरएनए अमेरिकालाई उनका पिता पोशराज लम्सालले आग्रह गरेका छन् ।
लम्सालको नि धनले गैरआवासिय नेपाली परिवार मर्माहत भएको गैरआवासिय नेपाली सघ एनआरएनए अमेरिकाका प्रवक्ता तोया दाहालले एक प्रेष विज्ञप्ती जारी गदै समवेदना प्रकट गरेका छन् ।
मृतकका परिवार को अनुरोध अनुसार एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले अमेरिका स्थित नेपाली दुताबास, मेरिल्यान्ड राज्यका राज्य सासद ह्यारी भण्डारी तथा एनआरएनए न्युयोर्क शाखा संग समन्वय गरी प्रकृया अघि बढाइएको छ ।
मृतक विपिनको शब नेपाल पठाउन खर्च व्यवस्थापनका लागी न्युयोर्क च्याप्टरले गोफन्ड मार्फत सहयोगका लागी अध्यक्ष आङ छिरिङ शेर्पाले सबै संग अनुरोध गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected