अमेरिका– विश्वकै खुखार आतंककारी  बिन लादेनका भाई इब्राहिम विन लादेनको अमेरिकाको क्यालिफोर्नियको लस एन्जलसमा रहेको शानदार महल विक्रीमा राखिएको छ ।
झण्डै २० वर्षदेखि खाली रहेको उक्त घर २८ मिलियन डलरमा बिक्री हुन लागेको हो ।
लस एन्जलस अमेरिकाको महंगो सहरको रुपमा चिनिन्छ । यो शानदार  महल इब्राहिमले १९८३ मा झण्डै २० लाख डलरमा किनेका थिए । बीस वर्ष देखि यो महल खाली रहेको छ । महल क्षेत्र दुई एकड जमीनमा फैलिएको छ । यो लस एन्जलसको प्रसिद्ध होटल बेल एयर तथा कन्ट्री क्लबको पैदल दुरीबाट नजिक रहेको छ ।
समाचार स्रोतका अनुसार २००१ मा अमेरिकामा बिन लादेनले ठुलो आतंककारी आक्रमण गराएका थिए । त्यो घटनापछि नै लादेनका भाई इब्राहिमले यो घरमा बस्न छाडिदिएका थिए ।
यो शानदार महल १९३१ म बनेको हो । यसको सात वटा बेडरुम, पाच बाथरुम सगै बाहिर समेत फराकिलो जग्गा रहेको छ । आफनी पत्नी क्रिस्टीन संग बस्दै आएका इब्राहिमले ९/११ को अमेरिकामा आतंकारी हमलापछि घर छाडी दिएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected