अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्ष वाइट हाउसमा दिपावलि तिहार मनाउने भएका छन् ।
वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले दिप बालेर दिपावलीको उत्सवमा सहभागी हुने जनाइएको छ । दिपावलीमा हिन्दु समुदाय उपस्थिति हुनेछन्  । ट्रम्पले २०१७ देखि नै दिपावलि पर्वमा सहभागी भएर मनाउन थालेको जनाइएको छ । अघिल्लो वर्ष उनले तत्कालिन भारतीय राजदुत नवतेज सिंहलाई दिपावली कार्यक्रममा आमन्त्रण गरेका थिए ।
हाइट हाउसमा दिपावली मनाउने कार्यको सुरुवात भने २००९ मा बराक ओबामाले गरेका थिए । ट्रप भने पहिलो पटक २०१७ मा वाइट हाउसमा दिपाली उत्सवमा सहभागी बनेका थिए ।

फाईल फाेटाे

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected