अमेरिका– अमेरिकाको फलोरिडाको हवाई यात्राका क्रममा हेयर होस्टेज माथी अश्लिल गतिविधी संगै चालक दलका सदस्य माथि कुटपीट गरेको अभियोगमा एक युवालाई पक्राउ गरिएको छ ।
मदिरा सेवन गरेका ओहायो निवासी २२ वर्षिय म्याक्सबेल बेरी नामका युवाले फिलाडेलफियाबाट मियामीको उडान भरेको हवाई यात्रामा उनले यस्तो हर्कत गरेपछि पक्राउ गरिएको हो । घटनापछि उनलाई शारीरिक हिंसाको तीन घटनाको आरोपमा प्रहरीले पक्राउ गरि कार्वाही प्रकृया अघि बढाएको छ ।
निकै नशामामा रहेका उनले यात्रका क्रममा हेयर होस्टेज संग फेरि ड्रिग्सको माग गरे । मदिरा आफनो सर्टभरि पोखेपछि चालक दलका सदस्यले लगेजबाट सर्ट निकाल्न सहयोग गरे । त्यसपछि उनले हेयरहोस्टेजलाई छेडछाड गदै अश्लिल गतिविधी देखाउन थालेका थिए । उनको अराजक गतिविधीले सिमा नाघेपछि उनलाई चालक दलका सदस्यले सिटमै टेपले बाधेर राखेका थिए ।
उनले चालक दलका पुरुष सदस्य माथि मुक्का समेत प्रहार गरेका थिए । उनले गरेको अश्लिल र मारपीटको घटना भिडियोमा समेत भाइरल भएको छ ।

एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected