न्युयोर्कका गर्भनर कुओमो फसे यौन उत्पीडनको मामलामा, राष्ट्रपतिद्धारा राजीनामा माग

अमेरिका– न्युयोर्कका गर्भनर तथा डेमोक्रेट नेता एन्ड्रीयु कुओमो ११ जना प्रान्तिय सरकारका बहालबाला तथग पुर्व महिला कर्मचारीमाथि यौन उत्पीडन गरेको आरोपमा फसेका छन् ।
उनी माथि यो आरोप लागेपछि राष्ट्रपति जो बाइडेनले गर्भनर कुओमोको राजीनामा माग गरेका छन् ।
बाइडेन प्रशासनका निकै नजिकका नेता मानिने कुओमोमाथि लागेको आरोप बारे पृष्टि गर्न पा“च महिनासम्म अनुसन्धान गरिएको थियो । यो अवधिमा झण्डै २ सय जना संग सोधपुक्ष समेत गरिएको थियो । अनुसन्धानपछि उनी दोषी पाइएको अमेरिकाका प्रतिष्ठित संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
न्युयोर्क राज्यका महान्यायधिवक्ता लेतिनिया जेम्सले एक पत्रकार सम्मेलन गर अनुसन्धानबाट आएको तथ्यले सबैलाइ हैरानी बनाउने खालको रहेको बताएका छन् । तर कुओमोले भने आफुले यस्तो हर्कत नगरेको र फसाउने षडयन्त्र मात्र भएको स्पष्टीकरण दिएका छन् ।
डेमाक्रेटका वरिष्ठ नेता समेत रहेको कुओमोको यो गर्भनरको तेस्रो कार्यकाल हो । उनी लगात्तार २०११ देखि गर्भनर पदमा रहदै आएका छन् । उनलाई संभावित राष्ट्रपति पदका उम्मेदवारको रुपमा समेत हेरिदै आएको थियो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...