टेक्ससमा कलामा अब पोख्त हुदैछन् बाबुनानीहरु
शिव शर्मा
टेक्सस– प्रिन्सा ढकाल पाच वर्षकी भइन । उनी युलेसमा बाबा आमा संगै बस्दै आएकी छिन् । कक्षा एक मा अध्ययनरत उनी कलाकी पारखी हुन । आफनो कलालाई अझै पोख्त बनाउन केही साता देखि उनी रंगको समायोजन गदै कलामा पोख्त बन्न कला सिकीरहेकी छिन् ।
टेक्ससको युलेशमा बसेर नेपाली कलामा क्रियाशिल युवा कलाकार भिष्म केसीसंग उनी जस्तै नेपाली बाबुनानीहरु ध्यानमग्न भएर कला सिक्न कलामा मन लगाइरहेका छन् । कला प्रति अनुराग भएका दर्जन भन्दा बढी बाबु नानीहरु यतिबेला रंगहरुमा पोखिएर आकर्षक कलामा निपुर्ण बनाउन कलाकार भिष्म केसी लागी परेका छन् ।
उनले स्केच चित्र देखि क्यानभासमा रंग र कुचीको प्रयोग गरेर बाबुनानीहरुलाई कला सिकाइरहेका छन् ।
अमेरिकाको व्यस्त जीवनशैलीलाई समेत ताती राखेर उनले केही समय निकालेर नेपाली बाबुनानीहरुको प्रतिभालाई प्रष्फुटन गर्न उद्धत भइरहेको देखिन्छ ।
सात वर्षिय महेश ज्ञवाली पनि निकै चाख दिएर यतिबेला कलामा एकत्रित भएका छन् ।
कलामा ध्यानमग्न उनले भने– ‘यहा कला सिकेर आफुलाई अब्बल दर्जाको कलामा उभ्याउन मन लागेको छ ।’
स्कुल विदाको मौकामा बाबुनानीहरुले आफु भित्र रहेको कलाको प्रतिभालाई झनै सिकाइले बाहिर ल्याउने अवसर पाएका छन् । कलाकार भिष्म केसिले त्यो अवसर जुटाइदिएका छन् ।
कला सिक्न टेक्ससको ड्यालस फोटवर्थ क्षेत्रका नेपाली समुदायका ६ देखि १२ वर्ष उमेर समुहका बाबु नानीहरु हरेक साताको आइतबार भेला हुन गरेका छन् ।
विवेक भुषाल पनि कलाका पारखी हुन । कलामा अभिरुची राख्ने उनले विभिन्न विषयका कला बनाएका छन् । ,मेरो रुचीको विषय कला पनि हो’ कलामा रंग पोतिरहेको अवस्थामा भेटिएका उनले भने– ‘यहा आएर सिक्न पाउदा अझै आनन्द आइरहेको छ ।’
कलाकार भिष्म केसीकै छोरा र छोरी एरोन र समिक्षाले बाबाको बाटो पछ्याएका छन् । उनिहरुले राम्रो कला बनाउने गरेका छन् । उता युलेश मै बस्ने शिष्टता शर्मा पनि आफनेा रुचीकेा विषय कला सिक्न पाएकेामा दंग छिन । निकै उमंगले उनी कला बनाउन लागीपरेकी छिन ।
नेपाली पुस्ताका बाबुनानीहरुलाई कला प्रति अभिरुची जोगाउन र प्रतिभा भएकाहरुलाई कलामा निखारता ल्याउन कलाकार केसीले अमेरिकाको यो व्यस्तता बीच पनि समय निकालेर कला सिकाइरहेका छन् ।
‘आफुले जानको कला भावी पुस्तालाई पनि सिकाउ भनेर यो अभियान सुरु गरेको हु“, भिष्मले भने–‘धेरै प्रतिभावान बाबुनानीहरु कला सिक्न जमघट भइरहेका छन् ।’
चित्रकला विषयमा स्नातकोत्तर गरेका केसिका एकल तथा सामुहिक रुपमा धेरै पटक कला प्रदर्शनी भइसकेको छ । उनले बालबालिका सम्बन्धी बालसाहित्यका तीन दर्जन भन्दा बढी पुस्तकमा चित्र बनाएका छन् । उनले बनाएको चित्रकथा प्राइभेट स्कुलको नर्सरी देखि कक्षा ८ सम्मको पाठयक्रममा समेत समावेश रहेको छ । उनी कथावाचक समास नेपालको सस्थापक सदस्य समेत हुन । अमेरिका आएर पनि कलाकार केसीले आफनो कलालाई निरन्तरता दिदै नेपालको पहिचान कला मार्फत विदेशीलाई चिनाइरहेका छन् ।