अमेरिका– अमेरिकाको युनाइटेड एयरलायन्स शुक्रबारदेखि आफना सबै कर्मचारीलाई कोरोनाभाइरसको दुबै डोजको भ्याक्सिन लगाउन अनिवार्य गरेको छ ।
यस्तो कदम उठाउने अमेरिकाको यो पहिलो हवाई एयरलायन्स कम्पनी बनेको छ ।
एयरलायन्सले फाइजर, मोर्डना तथा जोन्सन कुनै पनि भ्याक्सिनको दुबै डोज लिएको पा“च सातापछि अर्थात अक्टोबर २५ सम्म कर्मचारीले भ्याक्सिन लगाएको प्रमाण देखाउन भनेको छ । भ्याक्सिन नलगाउनेहरु जागीरबाट समेत निकालिन सकिने बताइएको छ ।
युनाइटेड एयरलायन्समा ९० प्रतिशत पायलट तथा ८० प्रतिशत पायलट एडेन्डेन्टले भ्याक्सिन लगाएका छन् ।
मुलुकमा बढदै गएको कोरोनाको डेल्टा प्रकोप संगै अमेरिकामा विभिन्न क्षेत्रमा मास्क अनिवार्य तथा भ्याक्सिन लगाउन समेत दबाब बढेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected