धकेलेर पठाएको रहेछ

मलाई यो दुनियाँमा

अनि जोताईरहेको रहेछ

हातमुख जोडने चक्करमा

 

चाँहि

आफुलाई हर्ताकर्ता ठान्दोरहेछु

सवै मैले नै गरेको हो मान्दोरहेछु

दंग परेर रमाउँदो रहेछु

 

कति चलाखी संग

हालिदिएको रहेछ

सफ्टवेरक्रोध, माया, लोभ, मोह, काम  अहंकार आदिको

अनि चलाउँदोरहेछ मलाई उसैको मर्जी अनुसारको

 

उसैको मर्जी रहेछ

कहिले सम्म बाँच्ने यहाँ

तर भ्रम हालिदिएको रहेछ

सँधै बाँच्छु यहाँ

 

अलिकता बुद्धि, अलिकता विवेक

त्यति चेतनाले मान्छे बनाएको रहेछ

लाग्छ

यहाँ शारीरिक मानसिक श्रम गर्न

उसले यो धरतीमा श्रमिक पठाएको रहेछ

 

जुलाई १४, २०२१

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected