अमेरिका– संयुक्त राष्ट्र संघमा कार्यरत शैन्य शासन बिरोधी म्यानमारका राजदुत क्वाब मो टुन लाई अमेरिकामा हत्या गर्ने योजना बनाएको आरोपमा दुई म्यानमारका नागरिक पक्राउ परेका छन् ।
न्युयोर्कबाट पक्राउ परेका म्यानमारका नागरिक २८ वर्षिय फियो हेन हट र २० वर्षिय ये हेन जेवलाई प्रहरीले पक्राउ गरेको छ ।
समाचार स्रोतका अनुसार पक्राउ परेका उनिहरुले राजुत टुनलाई हत्या गर्न थाइल्याण्डमा एउटा हतियार डिलरसंग सम्पर्क गरेका थिए । उनिहरुले हतियारको डिल भएपछि गत जुलाई २३ मा डलर भुक्तानी समेत गरेका थिए ।
उनिहरुलाई पाच वर्षसम्मको जेल सजाय हुने सक्ने बताइएको छ । म्यानमारमा शैन्य शासन लागुभएपछि राजुतलाई धम्की दिइएको थियो
म्यानमारकी लोकतन्त्र समर्थक नेतृ आङ साङ सुकीलाई सयुक्त राष्ट्र संघमा वकालत गदै सेनाको अत्याचारको बिरुद्ध उनले आवाज उठाएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected