अमेरिका– कुकुर संसारमै वफदार जनवारको रुपमा चिनिने गर्छ । यस्तैअमेरिकामा घटेको एउटा घटनाले त्यसलाई पृष्टि गरिदिएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा कुकुरले आफनो मालिकलाई सर्पको डसाईबाट बचाइदिएको छ ।
एलेक्स लोरेडो नामका व्यक्तिलाई उनले १८ वर्षदेखि पालेको मार्ले नामको कुकुरले आफनो ज्यानको प्रवाह नगरी मालिकको ज्यान बचाएको छ ।
सान डियगोमा आफनो घरको कम्पाउन्ड सरसफाई गर्ने क्रममा कुकुर मार्ले पनि संगै थियो । यसैबीच एउटा खतरनाक सर्प मालिक एलेक्सको नजिक बढन थाल्यो । एलेक्सलाई डस्नु अघि नै कुकुर बीचमा आइपुग्यो ।
एलेक्सले अमेरिकाको टेलिभिजनमा अन्तवार्ता दिदै भने– मेरो कुकुरले मलाई धकेल्यो र सर्पको नजिक गयो । कुकुरले आफनो मालिकलाई त बचायो तर सर्पले उसैलाई डस्यो । सर्पले डसेपछि कुकुरको मुखबाट रगत बग्यो र बेहोस भयो । एलेक्सले कुकुरलाई अस्प्ताल पुरायो र उपचार पछि कुकुर ठिक भयो ।
एजेन्सी
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...