अमेरिका– अमेरिकामा कोरानाको डेल्टा संक्रमण बढीरहेको छ । डेल्टाको सक्रमण बढेसंगै केहीले चिकित्सकको परामर्श विना फाइजरको तेस्रो डोजको भ्याक्सिन बुस्टर पनि लगाउन थालेका छन् ।
फाइजरको तेस्रो डोज बुस्टर अमेरिकाको खाद्य तथा औषधी प्रशासनले प्रयोगका लागी अहिलेसम्म अनुमति भने दिएको छैन । फाइजर कम्पनीले अनुमतिका लागी योजना बनाइरहेको छ ।
तर स्वास्थयकर्मिका अनुसार पुर्ण रुपमा भ्याक्सिनको दुबै डोज लगाएकाहरुले यसले कुनै खतरा उत्पन्न नहुने देखिन्छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारी अनुसार अमेरिकामा ९ सय भन्दा बढीले फाइजरको कोरोना भ्याक्सिनको तेस्रो डोज लिइसकेका छन् ।
अमेरिकामा भ्याक्सिनको मात्र बढी भएपछि त्यसको फाइदा उठाउदै केहीले फाइजरको तेस्रो डोज बुस्टर लिन थालेका छन् ।
तर फाइजरको तेस्रो डोज बुस्टरलाई अहिले सम्म प्रयोगको अनुमति भने दिइसकेको छैन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected