टेक्सस-अमेरिकाको टेक्ससको अस्टिनमा २४ लाख मानिसहरु बसोबास गर्छन् । तर यहा बढेको डेल्टा भेरियन्टका कारण सोमबार यहाको अस्पतालमा आइसियुको ६ वटा बेड मात्र बाकी रहेको छ ।
राज्यको स्वास्थय विभागले जारी गरेको तथ्याङकमा अस्टिनमा आइसियु बेडको संकट डेल्टा भेरियन्ट उत्पन्न भएपछि नै बढेको बताएको छ ।
अस्टिनमा स्थिति गंभीर संगै सहरमा केवल ३१३ वटा भेन्टिलेटर र ६ वटा आइसियु बेड मात्रै बचेको छ ।
अस्टिनका स्वास्थय प्राधिकरण चिकित्सा निर्देशक डाक्टर डेसमार वाक्सले अस्टिनको स्थिति गभीर भएको बताएका छन् ।
यो अवस्था आएपछि अस्पतालका कर्मचारीलाई चुनौती थपिएको छ।
एजेन्सी
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...