नेपालमा पत्रकारहरु समस्यामा , पत्रकारका अध्यक्ष भने अमेरिकामै मस्त
अमेरिका-नेपालमा कोरोना महामारीको कारण पत्रकारको जागीर गुमेको छ । कति पत्रकारले तलब पाइरहेका छन् । प्रेस काउन्सिलमा उजुरीको चाङ छ । तर नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल पत्रकारको जुन कार्यक्रमका लागी आएका थिए , त्येा कार्यक्रम सकिएकेा दुइ साता भन्दा बढी समय बितिसक्येा तर उनि भने अझै अमेरिकातिर रमाइरहेका छन ।पत्रकारकेा अध्यक्षले अरु केहि नगरे पनि समस्या पहिचान गरि आवाज उठाउनु पर्ने बेलामा उनी अमेरिकामै बसाई लम्ब्याइरहेका छन ।
यतिबेला उनलाई अमेरिकाका अग्ला घर र समुन्द्रको छेउछाउमा बसेर फोटो खिचाउनमा भ्याइनभ्याई छ ।भेाज पार्टीमै दैाडादैाड छ ।यस अघि नेपाल पत्रकार महासघका पुर्व अध्यक्षहरु विशेष कार्यक्रम सहभागी हुन आउदा थोरै समयमा मात्र अमेरिका बसेर गएका थिए । तर अध्यक्ष विपुल पाखेरेल भने विशेष कार्यक्रम सकेर पनि बसाई अवधि बढाइरहेका छन् । सिमित केही नजिकका मान्छे बेाकेर अग्ला महल र निलो समुन्द्र हेरेर डुलीरहेका छन् ।
पत्रकार महासंघको अध्यक्ष जस्तो जिम्मेवार व्यक्ति कस्तो व्यक्तिलाई भेटने भन्ने समेत ध्यान नपुराई डुलीरहेका छन् ।अमेरिकाका आवश्यक विभिन्न संघ सस्थाको प्रमुखलाई भन्दा पनि एनआरएनए एकाध नेतालाई भेटदै हिडिरहेका छन् ।
जुन कार्यक्रमकेा मिसनमा आएका थिए त्येा सकिए पनि उनी घुमफिरमै मस्त छन ।
। पत्रकार महासंघ जस्तो संस्थाको अध्यक्षकेा आफनेा स्वार्थ बेाकेर मात्र अमेरिकामा एउटा मिसनमा भन्दा पनि भेटघाट र मेाजमस्तीमै केन्द्रीत भएकेा देखियेा, अमेरिकामा
कार्यरत एक पत्रकारले भने– ‘नेपालमा पत्रकारको बिचल्ली छ , पत्रकारको नेता जुन कार्यक्रममा आएको हो , त्यो कार्यक्रम सकिएर पनि सिमित स्वार्थ बेाकेर विना काम घुमफिर गदै हिडनु कदापी राम्रो हैन ।’
भर्जिनियामा भएकेा पत्रकारकेा अधिवेशनका लागी निम्त्याइएका उनी टेक्सस हुदै फेरि न्युयेार्कतिर घुमफिर मा मस्ती छन ।
तस्वीर फेसबुकबाट
सम्बन्धित खवर
-
– शिव शर्मा एक दशकअघि अमेरिकामा ...
-
अमेरिकामा भिसाको अवधि सकिएपछि ...





















