यौन उत्पीडनको आरोप लागेका न्युयोर्कका गर्मनर कुओमोद्धारा राजीनामा

अमेरिका– महिला कर्मचारी माथि यौन उत्पीडनको आरोप खेपेका न्युयोर्कका गर्भनर तथा डेमोक्रेटका नेता एन्ड्रीयु कुओमोले मंगलबार राजीनामा दिएका छन् ।
उनले अनुसन्धानमा सहयोग गर्ने भन्दै आफनो पदबाट राजीनामा दिएका हुन । न्युयोर्कका महान्याधिवक्ता लेतिनिया जेम्सले गरेको अनुसन्धानको एक सातापछि उनको राजीनामा आएको हो ।कुओमो माथी ११ जना प्रान्तिय सरकारका बहालबाला तथग पुर्व महिला कर्मचारीमाथि यौन उत्पीडन गरेको आरोपमा फसेका छन् ।
उनी माथि यो आरोप लागेपछि राष्ट्रपति जो बाइडेनले गर्भनर कुओमोको राजीनामा माग गरेका थिए ।
बाइडेन प्रशासनका निकै नजिकका नेता मानिने कुओमोमाथि लागेको आरोप बारे पृष्टि गर्न पाच महिनासम्म अनुसन्धान गरिएको थियो । यो अवधिमा झण्डै २ सय जना संग सोधपुक्ष समेत गरिएको थियो । अनुसन्धानपछि उनी दोषी पाइएको अमेरिकाका प्रतिष्ठित संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
न्युयोर्क राज्यका महान्यायधिवक्ता लेतिनिया जेम्सले एक पत्रकार सम्मेलन गर अनुसन्धानबाट आएको तथ्यले सबैलाइ हैरानी बनाउने खालको रहेको बताएका थिए । तर कुओमोले भने आफुले यस्तो हर्कत नगरेको र फसाउने षडयन्त्र मात्र भएको स्पष्टीकरण दिएका छन् ।
डेमाक्रेटका वरिष्ठ नेता समेत रहेको कुओमोको यो गर्भनरको तेस्रो कार्यकाल हो । उनी लगात्तार २०११ देखि गर्भनर पदमा रहदै आएका छन् । उनलाई संभावित राष्ट्रपति पदका उम्मेदवारको रुपमा समेत हेरिदै आएको थियो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...