अमेरिकामा भ्याक्सिनको दुबै डोज लगाएकाहरुमा कोरोनाको जोखिम कम–सिडिसी
अमेरिका– अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले भ्याक्सिनको दुबै डोज लगाएकाहरुमा कारोना संक्रमणको खतरा कम रहेको बताएको छ ।
सिडिसीको एक तथ्याङकमा जसले भ्याक्सिनको दुबै डोज लगाएका छन् र कोरोनाको चपेटामा आए पनि गभीर अवस्था नदेखिएको दाबा गरिएको छ । भ्याक्सिनको दुबै डोज लगाएकाहरु अस्पताल भर्ना हुने र मुत्यु दर पनि कम देखिएको हो ।
सिडिसीका निर्देशक रोशेल बालेन्सकीले भ्याक्सिन नलगाएकाहरुमा संक्रमण दर उच्च संगै अस्पताल भर्ना हुने र मुत्युदर पनि लगात्तरा कृद्धि भइरहेको बताए । अमेकिामा अहिलेसम्म ५० प्रतिशत भन्दा बढीले कोरोना भ्याक्सिनको दुवै डोज लगाइसकेका छन् ।
तर पछिल्लो समय अमेरिकामा देखिएको डेल्टाको प्रकोप अधिकांश भ्याक्सिन नलगाएकाहरुमा देखिएको छ । पुर्ण रुपमा भ्याक्सिन लगाएकाहरुमा सक्रमण देखिए पनि जोखिम कम देखिएको सिडिसीले जानकारी दिएको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...