अमेरिकामा पछिल्लो एक सातामा ९४ हजार बढी बालबालिका कोरोना सक्रमित

अमेरिका– पछिल्लो एक साताको अन्तरालमा अमेरिकामा ९४ हजार भन्दा बढी बालबालिका कोरोनाबाट संक्रमित भएका छन् ।
द अमेरिकन एकडेमी अफ पीडियाट्रिक्सका अनुसार अमेरिकामा कुल कोरोना सक्रमण मध्ये १५ प्रतिशत बालबालिकाको संख्या रहेको छ। । संक्रमित बालबालिका गभीर बिमारी कम भएका छन् । मुत्युको संख्या पनि ०.०३ प्रतिशत रहेको छ । पाच अगष्ट सम्म ४३ लाख बालबाबालिका कोरोनाबाट सक्रमित भएका छन् ।
जुलाई महिनाको सुरुवात सगै बालबालिकामा कोरोना सक्रमण हुने दर लगात्तार बढीरहेको छ । सिडिसीको तथ्याङक अनुसार ५ देखि ११ तथा ११ देखि १५ वर्ष बालबालिका एक लाखको सख्यामा बिमारी भइरहेका छन् । मास्क नलगाउने र भीडभाड बढेपछि बालबालिकामा संक्रमण बढीरहेको छ ।
अमेरिकामा अहिलेसम्म १२ वर्ष भन्दा माथिका ६० प्रतिशत बालबालिकालाई कोरोना भ्याक्सिनको दुबै डोज दिइसकिएको छ । झण्डै ७० प्रतिशतले भ्याक्सिनलको पहिलो डोज लगाइसकेका छन् । १२ वर्ष भन्दा कम उमेरका बालबालिकालाई भने अहिलेसम्म भ्याक्सिन लगाउन अनुमति दिइएको छैन ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...