अमेरिका– अमेरिकामा एशियन मुलका व्यक्ति माथि घृणााको अपराधका घटनाहरु यो वर्ष झनै बढेर गएको छ ।
एक गैरसरकारी संस्थाले बिहीबार जारी गरेको एक तथ्याङकमा यस्तो देखिएको हो ।
कोरोना महामारीको दौरान एशियन मुलका व्यक्तिमाथि घृणाको अपराधको निगरानी गर्ने सस्था स्टाप एएपीआई हेटले १९ मार्च देखि यो वर्षको जुन महिनासम्मम ९ हजार ८१ व्टा एशियन मुलका व्यक्तिमाथि भएका घृणाको अपराध सम्बन्धीत तथ्याङक सार्वजनिक गरेको छ । यो मध्ये ४ हजार ५४८ अघिल्लो वर्ष र ४ हजार ५३३ यो वर्षको घटना हो ।
रिपोर्ट अनुसार ६३ प्रतिशत घटना महिलासंग सम्बन्धीत रहेका छन् । यस्ता घृृणाको मनसायले गरिएका अपराध, सडक, सार्वजनिक स्थान तथा ३० प्रतिशत घटनाहरु व्यवसाय संग जोडिएका छन् । घृणाको अपराध बढेपछि त्यसको विरोधमा सामाजिक संजालहरुमा समेत अभियान चलाइएको थियो ।
चीनमा कोरोना महामारी फैलिन सुरु भएपछि अमेरिकामा एशियन मुलका व्यक्ति माथि घृृणाको अपराध मौलाएको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected