अमेरिका– अफगानिस्तामा तालिबान आक्रमण तिब्र भएपछि अमेरिकाले आफनो दुताबासका कर्मचारीहरुलाई सुरक्षीत रुपमा त्यहा“बाट निकाल्न प्रकृया अघि बढाएको छ ।
अमेरिकाले झण्डै ३ हजार सैनिकलाई अफगानिस्ताबाट आफना दुताबासका कर्मचारीलाई निकाल्न पठाउन लागेको हो । पेन्टागनका प्रेस सचिव जान किर्बीले यसबारेमा जानकारी दिएका हुन ।
काबुल स्थित अमेरिकी दुताबासमा झण्डै १४ सय कर्मचारी रहेका छन् । अफगानिस्तामा सैन्य मिसन अगष्ट ३१ मा सकिदैछ । त्यहाको हवाई अड्डा तथा दुताबासको सुरक्षाका लागी झण्डै ६ सय ५० सैनिक अहिले पनि अफगानिस्तानमै रहेका छन् ।
तालिावन लडाकुले पछिल्लो समय अफगानिस्ताका विभिन्न प्रान्तहरु एक पछि अर्को गदै कब्जामा लिएका छन् । अहिले अमेरिकाले काबुलमा सेना पठाउन तैनाथको प्रकृया गरिरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected