अमेरिकाले काबुलमा दुताबासका कर्मचारी सुरक्षाका लागी सैनिक पठाउने
अमेरिका– अफगानिस्तामा तालिबान आक्रमण तिब्र भएपछि अमेरिकाले आफनो दुताबासका कर्मचारीहरुलाई सुरक्षीत रुपमा त्यहा“बाट निकाल्न प्रकृया अघि बढाएको छ ।
अमेरिकाले झण्डै ३ हजार सैनिकलाई अफगानिस्ताबाट आफना दुताबासका कर्मचारीलाई निकाल्न पठाउन लागेको हो । पेन्टागनका प्रेस सचिव जान किर्बीले यसबारेमा जानकारी दिएका हुन ।
काबुल स्थित अमेरिकी दुताबासमा झण्डै १४ सय कर्मचारी रहेका छन् । अफगानिस्तामा सैन्य मिसन अगष्ट ३१ मा सकिदैछ । त्यहाको हवाई अड्डा तथा दुताबासको सुरक्षाका लागी झण्डै ६ सय ५० सैनिक अहिले पनि अफगानिस्तानमै रहेका छन् ।
तालिावन लडाकुले पछिल्लो समय अफगानिस्ताका विभिन्न प्रान्तहरु एक पछि अर्को गदै कब्जामा लिएका छन् । अहिले अमेरिकाले काबुलमा सेना पठाउन तैनाथको प्रकृया गरिरहेको छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















