अमेरिका– अमेरिकाको न्युयोर्कमा बसोबास गदै आएका सामाजिक अभियान्त सुर्य लम्साल न्युयोर्कको बिद्युत प्राधिकरणको निर्देशक पदमा नियुक्त भएका छन् ।
न्युयोर्क विद्युत प्राधिकरणमा लामो समय देखि वरिष्ठ इन्जियिनरको रुपमा कार्यरत लम्साल न्युयोर्क राज्य सरकारको न्युयोर्क विद्युत प्राधिकरण प्रमुख कार्यकारी निर्देशक पदमा नियुक्त भएका हुन । न्युयोर्क राज्य सरकारले उनको क्षमतालाई मुल्याङकन गरेर उक्त पदको जिम्मेवारी दिएको हो ।
अमेरिकी सरकारको न्युयोर्क जस्तो राज्यको विद्युत प्राधिकरण कार्यालयको उच्च पदमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् । निर्देशकमा उनी नियुक्त भएपछि नेपाली समुदायले उनलाई बधाई दिएका छन् ।
स्कुल अफ डेमोक्रेसी अमेरिकाका अध्यक्ष समेत रहेका लम्साल लामो समय देखि न्युयोर्कमा बसोबास गदै आएका छन् । उनको पुख्यौली घर स्याङजा हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected