नेपालमा लामो समय पत्रकारितामा कृयाशिल शिव शर्माको सम्पादनमा युएसनेपाल पोस्ट संचालन हुने खबरले हामी अत्यन्तै खुशी भएका छौ । यस प्रकाशनले अमेरिकामा रहेका हरेक नेपाली समुदायका हरेक विषय उठान हुने अपेक्षा राखेका छौ । कुनै पनि न्युज पोर्टल संचालन गर्नु आफैमा चुनौती पुर्ण काम हो । त्यसमा पनि अमेरिकामा आफनो काम तथा पारिवारिक समय सबैलाई कटौती गर्नु पर्ने हुन्छ । यस्ता न्युज पोर्टल संचालन संगै यसलाई निरन्तरता दिनु झनै चुनौतीको विषय हो । प्रवासमा पुर्णकालिन पत्रकाररिता गर्नु उतिकै कठिन छ । यो चुनौती चिर्न युएसनेपाल पोष्ट सफल होस ।
हामी गैरआवासिय नेपाल संघको उद्देश्य पनि समाजका हरेक संघ संस्थासंग सहमति सहकार्य गदै समुन्नत नेपाली समाज बनाउने प्रयास हुने हुनाले हाम्रो समुदायका उन्नति, प्रगति, सहयोग सदभावका सकारात्मक कुराहरु निश्पक्ष रुपमा प्रकाशित हुन भन्ने हाम्रो चाहना सदैव रहनेछ ।
प्रधानसम्पादक शिव शर्मा जीलाई हार्दिक बधाई तथा युएसनेपाल पोस्टलाई उन्नति प्रगतिको लाखौ शुभकामना छ ।
सम्बन्धित खवर
-
अनन्य मित्र शिव शर्मा लामो समय ...
-
नेपालमा रहदा पुर्णकालिन ...