अमेरका– अफगानिस्तानका प्रमुख सहरहरु कब्जामा लिदै तालिवान लडाकुहरु राजधानी काबुल पस्न थालेपछि अमेरिकाले आफनो दुताबासमा कार्यरत नेपालीलाई स्वदेश फर्काउन लागेको छ
अमेरिकी दुताबासमा झण्डै ३ सय नेपालीले सुरक्षा दिएर सुरक्षाको काम गदै आएका छन् । अफगानिस्ताबाट आफना सैनिक अमेरिकाले फिर्ता लगेपछि तािलवानहरु ध्माधम अफगानिस्तानमा कब्जा जमाउदै लगेको हो । अफगानिस्तान अहिले विद्रोही तालिवानको घेराबन्दीमा परेपछि अमेरिकाले दुताबासमा कार्यरत नेपालीहरुलाई नेपाल पठाउन लागेको हो । दुताबास र विमानस्थलको सुरक्षामा खटिएका नेपालीहरु अहिले काबुलमै छन् । केही अन्य नेपाली कामदरलाई भने यस अघि नै दुबई लगेर राखिएको छ । श्रम मन्त्रालयका अनुसार अफगानिस्तानमा अहिले झण्डै विभिन्न क्षेत्रमा १४ हजार नेपाली कार्यरत रहेका छन् ।
अमेरिकाले आफना दुताबासका कर्मचारीलाई हेलिकप्टरबाट खाली गराएपछि तालिवान लडाकुहरु धमाधम राजधानी काबुल पस्न थालेको अफगानिस्तान सरकारले समाचार एजेन्सीलाई बताएको हो ।
अफगानिस्तानका प्रमुख सहरहरु आफनो कब्जामा लिएपछि तालिवान लडाकुहरु हतियार सहित राजधानी काबुल प्रवेश गरेका छन् ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...