अफगानिस्तानको अवस्थाबारे सामेबार संयुक्त राष्ट्र सुरक्षा परिषदको आपतकालिन बैठक

अमेरिका– संयुक्त राष्ट्र सुरक्षा परिषद एस्टोनिया र नर्वेको अनुरोधमा अफगानिस्तान को अवस्थाको बारेमा सामेबार आपतकालिन बैठक बस्ने भएको छ ।
परिषदका सदस्यले संयुक्त राष्ट्र संघका महासचिव समक्ष राजधानी काबुल माथि विद्रोही तालिवानको कब्जापछि ताजा अवस्थाको बारेमा अवगत गराउनेछ ।
संयुक्त राष्ट्र प्रमुखले गएको शनिवार तालिवान समक्ष अफगानिस्तानमा तत्काल हमला रोक्न आग्रह गरेका थिए ।
उनले लामो समयदेखि चलेको गृहयुद्ध अन्तयका लागी वार्ता गर्न अपिल समेत गरेका थिए । अफगानिस्तानको पछिल्लो जानकारी अनुसार राष्ट्रपतिले तालिवान धम्कीपछि देश छाडीसकेका छन् । उता तालिवान विद्रोहीले प्रमुख सहर संगै राजधानी काबुल समेत आफनो नियन्त्रणमा लिएका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...