अमेरिका– अफगानिस्तान यो समय पुरै विद्रोही तालिवानको नियन्त्रणमा पुगेको छ । तालिवान लडाकुहरु राष्ट्रपति भवन प्रवेश गरी भिडियो समेत सार्वजनिक गरिसकेका छन् ।
तालिवान लडाकु काबुल तर्फ बढदै गएको थाहा पाएपछि राष्ट्रपछि घानी देश छाडेर भागेका हुन । अहिलेसम्म यकीन प्रमाण पृष्ठि नभएपनि केही रिपोर्ट अनुसार उनी ताजिकास्तान तर्फ पुगेको बताइएको छ ।
कठिन अवस्थामा मुलुकलाई छाडेर हिडेको भन्दै राष्ट्रपति घानीको आलोचना समेत भएको छ ।
घानी दुई पटक अफगानिस्तानको राष्ट्रपति चुनिएका थिए । पहिलो पटक २०१४ र दोस्रो पटक २०१९ मा राष्ट्रपति चुनिएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected