अमेरिका– अमेरिकामा रहेका अफगानी मुलका बासिन्दाले डिसी स्थित वाइट हाउसमा विरोध प्रदर्शन गरेका छन् ।
सयौ अफगानी नागरिकले अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि विरोध प्रदर्शन गरेका हुन । विरोधका क्रममा उनिहरुले राष्ट्रपति जो बाइडेन विरुद्ध चर्का नारा लगाएका थिए । अफगानिस्तानका जनता माथि धोका भएको भन्दै राष्ट्रपति बाइडेनले जिम्मेवारी लिनु पर्ने भन्दै विरोध प्रदर्शनका क्रममा उनिहरुले नाराबाजी गरे । अफगानिस्तामा तालिवानले सत्ता लिएपछि फेरि अफगानी महिलाहरुको स्वतन्त्रता बन्देज हुने भन्दै उनिहरुले चिन्ता व्यक्त गरेका छन् ।
प्रदर्शनकारीले पाकिस्तानले तालिवानलाई संरक्षण दिएको भन्दै नाराबाजी गरेका थिए ।
अफगगानिस्ताको पछिल्लो अवस्था बारे राष्ट्रपति जो बाइडेनले अहिले सम्म केही संबोधन गरेका छैनन । उनले छिट्टै संबेाधन गर्ने र गहिरो सकटको समाधानको उपाय समेत निकाल्ने विश्वास गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected