अमेरिका– अफगानिस्तामा तालिवान विद्रोहीले कब्जा जमाएपछि १५० नेपाली सहित विदेशी बसीरहेको होटल छाडन तालिवानले आदेश दिएको छ ।
तालिवानले उनिहरुलाई हमिद करजाई अन्तराष्ट्रिय विमानस्थलमै गएर बस्न निर्देशन दिएको कान्तिपुरले समाचार लेखेको छ ।
जर्मन, क्यानेडियन विश्व बैक लगायतका अन्तराष्ट्रिय संस्थाहरुमा कार्यरत नेपालीसहित विदेशी बसेको होटलमै पुगेर तालिवानले तत्काल होटल छाडन निर्देशन दिएका हुन ।
होटलबाट विमानस्थल पुग्न दुई किलोमिटरको दुरी रहेको छ । सोमबार भने व्यवसायीक उडानहरु सबै बन्द रहेका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...