अफगानिस्तान युद्ध अमेरिकालाई किन मंहगो पर्येा
अमेरिका– अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता पछि कयौ प्रश्नहरु उब्जिएका छन् । अफगानिस्तानमा अमेरिकी सेनाको तैनाथ कति जायज थियो । अमेरिकाका लागी यो कति महंगो सावित भयो यसबारेमा अहिले चर्चा हुन थालेको छ ।
सेप्टेम्बर ११, २००१ मा अलकायदाले न्युयोर्कको दुई गगनचुम्बी महलमा भीषण आक्रमण गरेर हजारौको ज्यान लिएको थियो । आक्रमणको महिना दिन नबित्दै तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले अलकायदालाई निर्मुल पार्ने र बिल लादेनलाई खोजी गर्न अफगानिस्तानमा अमेरिकाले आक्रमण सुरु गरेको थियो ।
अमेरिकाले तालिवानलाई सत्ताबाट बाहिर ल्याउन अक्टोबर, २००१ म अफगानिस्तानमा आक्रमण . गरेको थियो । अमेरिकाले अफगानिस्तानमा तालिवान शासनले ओसामा विन लादेनको अलकायदा कै रुपमा दोस्रो आतंकवादी र्सगठनलाई ब्युतराई रहेको आरोप लगाएको थियो । अमेरिकाले अफथगानिस्तामा भएको त्यो हमलालाई विन लादेन र अलकायदालाई जिम्मेवार ठहराउदै आएको छ । यहीबाट नै तालिवान र अमेरिकाको युद्धको सुरुवात भएको मानिन्छ । अमेरिकाले अफगानिस्तानमा तालिवानर्सग लडन अर्बो डलर खर्चियो । त्यतिकै ठुलो र्सख्यामा अमेरिकी सेना पठायो । यो संगै अमेरिकाले अफगानिस्तानको पुननिर्माणमा समेत खर्च ग¥यो ।
अफगानिस्तानमा तालिवान विञरुद्धको युद्धको समयमा अमेरिकी सेनाको १ लाख १० हजार पुगेको थियो । अमेरिकी सरकारको तथ्याङक अनुसार सन् २०१० देखि २०१२ को बीच अफगानिस्तानमा अमेरिकी सेनाको सख्या एक लाख भन्दा बढी पुगेको थियो । अफगान युद्धको दौरान अमेरिकाले एक सय अर्ब डलर खर्च गरेको अनुमान गरिएको छ । पछिल्लो वर्षको डिसेम्बर सम्म अफगानिस्तानमा अमेरिकी सेनाको सख्या ४ हजार रहेको थियो ।
अमेरिकी रक्षा मन्त्रालयका एक शीर्ष अधिकारीले अमेरिकी काग्रेसलाई दिएको जानकारी अनुसार २०१८ मा अफगानिस्तानमा अमेरिकाले वार्षिक ४५ अर्ब डलर खर्च गरेको थियो । रक्षा मन्त्रालयका अनुसार अफगानिस्तान युद्धमा अक्टोबर २००१ देखि सेप्टेम्बर २०१९ सम्म ७७८ अर्ब डलर खर्च भएको छ । यसका अलवा अफगानिस्तानको विकास परियोजनामा समेत अमेरिकाले ४४ अर्ब डलर खर्च गरेको छ । अमेरिकाको आधिकारिक तथ्याङक अनुसार २००१ देखि २०१९ को बीच अमेरिकाले अफगानिस्तानमा कुल ८३३ डलर खर्च गरेको छ।
अफगानिस्तान तथा पाकिस्तानमा अमेरिकी खर्च मागि ब्राउन युनिभर्सिटीमा २०१९ मा भएको एक शोधका अनुसार अमेरिकाले झण्डै ९७८ अर्ब डलर खर्च गरेको छ ।
शोधमा भनिए अनुसार अफगानिस्तानमा अमेरिकी खर्चको यथार्थ आकलन गर्न निकै कठिन रहेको र सरकारको अलग अलग विभागले खर्चको गणना भिन्न तरिकाले गदै आएको छ ।
२००१ देखि तालिवान विरुद्ध युद्ध सुरु भएपछि २३ सय अमेरिकी सैनिकले ज्यान गुमाइसकेका छन् । युद्धमा २० हजार ६ सय ६० अमेरिकी सेना घाइते भएका छन् । बा्रउन युनिभर्सिटीको शोध अनुसार २००१ अक्टोबरमा युद्ध सुरु भए यता ६४ हजार १ सय भन्दा बढी अफगानी सेना तथा प्रहरीहरु मारिएका छन् ।
एजेन्सीको सहयोगमा