अमेरिका– अमेरिकाको बिसन्सिनमा निधन भएका २२ वर्षिय युवा सृजन कुव“रको शव बुधबार नेपाल पठाइदैछ ।
गैरआवासिय नेपाली (संघ एनआरएनए) को पहलमा साझ कतार एयरवेज मार्फत नेपाल पठाउन लागएिको हो ।
शब गृहमा राखिएको सृजनको पार्थिव शरीरमा मंगलबार बिसन्सिन बासीले श्रद्धान्जली अर्पण गरेका थिए
शव नेपाल पठाउन लागी गोफन्ड मार्फत २५ हजार डलर रकम संकलन भएको थियो । मृत्युपछि अन्तिम संस्कारका लागी सृजनका बुबा अमेरिका आउन प्रकृया चले पनि अमेरिकी दुताबासबाट भिसा अस्वीकृत भएपछि प्रकृयागत कठिनाइका कारण शब नेपाल पठाउन समय लागेको हो ।
काठमान्डौ दक्षिणकाली बासबारी घर भएका कुवर दुई वर्ष अघि मात्र डिभी परेर अमेरिका आएका थिए ।
कामको समयमा अचालक बेहोस भएपछि अस्पताल पुराइएका कुवरको उपचारकै क्रममा निधन भएको थियो ।
सम्बन्धित खवर
-
अमेरिकामा बसोबास गर्दै साहित्य, ...
-
युलेस, टेक्सास -नेपाली समाज ...





















