कुनै अनुहार
हेर्दै फूलवारी जस्तो लाग्यो
कुनै अनुहार
हेर्दै महात्मा जस्तो लाग्यो
कुनै अनुहार
हेर्दै रावण जस्तो लाग्यो
कुनै अनुहार
हेर्दै पिडित जस्तो लाग्यो
कुनै अनुहार
हेर्दै मायाँ लाग्यो
तर
फूलवारी भनेर टहल्न जाँदा
झन्डै सर्पले टोकेको थियो मलाई
महात्मा भनेर जाँदा
झन्डै ढोंगीले फसायो मलाई
रावण जस्तो लाग्ने अनुहार
साधु पो निस्कियो
पिडित जस्तो लाग्ने अनुहार
खुँखार व्यक्ति पो पाइयो
अनि त्यो मायालु मुहारले
मुस्काउँदै मलाई
झन्डै
खाल्टामा खसालेको थियो
देखियो घोर अन्तर्विरोध
अनुहार, आचरण र व्यवहारमा
कहाँ चिन्न सकिन्छ र
मान्छेलाई अनुहार हेर्दैमा
मान्छेको सवै पक्ष अनुहारले
कहाँ समेट्न सक्छ र
अनुहार मात्रै हेरेर
मान्छेलाई कहाँ विश्वास गर्न हुन्छ र
–
अगस्ट २०, २०२१
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...