अमेरिका– संसारमा सबै जसो मुलुकमा राष्ट्रपति बस्ने आधिकारिक आवास रहने गरेको छ । अमेरिकाको राष्ट्रपति निवासलाई वाइट हाउस नामले चिनिन्छ । तर जब यो राष्ट्रपति भवन निर्माण भएको थियो यसको नाम प्रेसिडेन्ट प्यालेस अर्थात प्रेसिडेन्ट मेन्सन थियो । कसरी रहन गयो आखिर यसको नाम वाइट हाउस । यसका लागी हामीले यसभित्र लुकेको ११८ वर्षको लामो इतिहास खोतल्नु पर्ने हुन्छ ।

अमेरिकी बासिङटन डिसीमा अवस्थित राष्ट्रपति भवन डिसीको पेन्सिलभेनिया एभिन्युमा अवस्थित रहेको छ । यसको पुरै भवन सेता रंगले पोतिएको छ । नत यो सुरु देखि नै यस्तो थियो नत यसलाई सुरु देखि नै वाइट हाउस भनिएको थियो । यो केवल अमेरिकी राष्टपति भवन मात्र नभई अमेरिकाको ऐतिहासिक सम्पदाको नमुना पनि हो । वाइट हाउसमा त्यस्तो सुविधा छ , जुन कुनै पनि शक्तिशाली देश संग छैन
वाइट हाउस भित्र एउटा बंकर पनि छ । जुन अमेरिकी राष्टपति र उनको परिवारको सुरक्षाका लागी प्रयोग गरिन्छ ।
आयल्यान्डमा जन्मिएका जेम्स हर्बटले वाइट हाउसका डिजाइन तयार पारेका थिए । झण्डै आठ वर्षको प्रयास पछि वाइट हाउसको निर्माण भएको हो ।
अनौठो के छ भने अहिले वाइट हाउस रहेको ठाउ पहिला जंगल र पहाड थियो । वाइट हाउसमा कुल १३२ कोठा रहेका छ ।जसमा ३५ बाथरुम ,१४७ झयाल तीन लिफट रहेका छन् । त्यस्तै ४१२ ढोका र आठ वटा सिढी रहेका छन् । वाइट हाउसमा पा“च जना सेफ फुल टाइम काम गर्छन ।
वाइट हाउस भित्र पाहुनाहरुलाई भोजन गराउने विशाल कोठा रहेको छ । वाइट हाउसको बाहिरी पर्खालाई रगरोगन गर्न ५७० ग्यालेन रंग आवश्यक पर्छ । सन् १९९४ मा वाइट हाउसमा रंगरोगन गर्न दुई लाख ८३ हजार डलर खर्च भएको थियो ।
स्न १८१४ मा बिटीस आर्मिले बासिङटन डिसीको धेरै ठाउमा आगजनी गरेका थिए । जसमा वाइट हाउस पनि परेको थयो । यसको बाहिर आवरण आगलागनीले बिरुप भएको थियो ,। आगलागी पछि यसलाई आकषक बनाउन सेतो रंग पोतिएको थियो । त्यसपछि नै राष्टपति भवनलाई वाइट हाउस भन्न थालिएको हो ।
विशेष गरी स्न १९०१ म अमेरिकाका २६ औ राष्टपति थियोडोर रुजबेल्टले नै आधिकारिक रुपले अमेरिकी राष्ट्रपति भवनलाई वाइट हाउस नै नाम राखिदिएका थिए ।
राष्टपति र प्रथम महिलाले वाइटहाउसमा भोजन, डाइकिलनर र सवारीलाई शुल्क दिनुपर्छ । तपाईलाई पनि वाइट भित्र देख्ने इच्छा छ ने त्यसका लागी ६ महिना अगाडी नै दिनुहोस र आकर्षक वाइट हाउसको अवलोकन गर्नुहोस ।
एजेन्सीहरुको सहयोगमा

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected