अमेरिका– अमेरिकाको मेरिल्यान्ड राज्यको क्रप्टनमा बसोबास गदै आएकी अर्चना रेग्मी सवारीको ठक्करबाट गंभीर घाइते भएकी छिन् ।
बाटोमा हिडीरहेको अवस्थामा सवारीले ठक्कर दिएपछि घाइते भएकी उनको एउटा खुट्टा काटनु परेको अवैतनिक महावाणिज्यदुत प्रेमराजा महतले जानकारी दिएका छन् । उनी मर्निङवाक गर्ने क्रममा सवारीले ठक्कर दिएपछि शरीरका विभिन्न भागमा गंभीर चोट लागेको थियो ।
उनको अहिले युनिभर्सिटी अफ मेरिल्यान्ड अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बेहोस अवस्थामा अस्पताल पुराइएकी उनको अहिले होस खुलेको छ । १२ वर्ष भन्दा पहिला अमेरिका आएकी अर्चना श्रीमान र छोराछोरी सहित मेरिल्यान्डमा बसोबास गदै आएकी छिन् । उनी काठमान्डौकी स्थायी बासिन्दा हुन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected