अमेरिकाको न्युयोर्कमा कारको ठक्करबाट नेपाली उबर चालक सहित यात्रु घाइते
अमेरिका-अमेरिकाको न्युयोर्कमा नेपाली उबर चालक बुद्ध थापा र कारमा सवार दुई यात्रु कारको ठककरबाट घाइते भएका छन्
न्युयोर्कको म्यानहटन तर्फ यात्रु बोकेर जाने क्रममा उबर चालक थापाको कारलाई पछाडीबाट अर्को कारले ठक्कर दिएपछि उनिहरु घाइते भएको मकैहाउस टिभी तथा न्युजले समाचार लेखेको छ ।
रुकुम स्थायी घर भएका ३४ वर्षिय थापा न्युयोर्कमा रहेर उबर चलाउदै आएका छन् । कारको ठक्करबाट घाइते भएका थापा र यात्रीलाई एम्बुलेन्स मार्फत अस्पताल पुराइएको थियो । उनिहरुको अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने कार फरार रहेको छ । प्रहरीले ठक्कर दिएर भाग्ने कारको व्यापक खोजी गरिरहेको छ । ठक्कर बाट उबर चालक थापाको कारमा क्षति पुगेको छ ।
तस्वीर -मकैहाउस टिभी
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















