अमेरिका– अमेरिकाको ओहोयोमा नेपाली भाषी व्यवसायी नारायण रसाइलीले संचालन गरेको ज्वेलरी किङ नामको सुन पसलबाट एक लाख डलर बराबरको सुन लुटपाट भएको छ
ग्राहक बनेर आएका ६ जनाको समुहले झण्डै १ लाख अमेरिकी डलरको सुन सोमबार साझ लुटपाट गरेका हुन । सुनका सिक्री चेन लगायत गरी झण्डै एक किलो बराबरको सुन लुटपाट भएको संचालक नारायण रसाइलीले युएस नेपाल पोष्टलाई जानकारी दिए ।
उनका अनुसार आफु बच्चा पिक अप गर्न स्कुल गएको बेला पसलमा श्रीमति मात्र एक्लै भएको समयमा लुटेराहरुले योजनाबद्ध रुपमा लुटपाट गरेको बताए । पसलमा रहेको सिसिटिभी फुटेजमा पनि महिलाले सुन राखेको टे« नै झिकेर आफनो भित्री बस्त्रमा हालेको देखिएको छ । ६ जना लुटेराको समुहमा केही पुरुष र महिला रहेका छन् ।
सुन चोरी भएपछि प्रहरीलाई खबर गरे पनि मंगलबार मध्यान्ह मात्रै प्रहरी आएर सिसिटिभी फुटेज लगायत सबै रिपोर्ट लिएर गएका छन् । प्रहरीले लुटपाट गर्नेहरुको खोजी गरिरहेको छ ।
नारायणले दुई वर्ष अघि मात्रै व्यवसायिक रुपमा सुन पसल संचालनमा ल्याएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected