अमेरिका– अमेरिकाको न्युयोर्कमा २८ वर्षिय विपिन लम्साल र बिसकिन्सनमा २२ वर्षिय सृजन कुवरको यसै महिना निधन भयो ।
यी दुवै युवाको शब नेपाल पठाउन भन्दै गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको पहलमा न्युयोर्क तथा बिसकिन्सन च्याप्टरको नाममा गोफन्ड खोलेर सहयोग आव्हान गरियो । मनकारी नेपाली समुदायले दुखमा मल्हम लगाउनुपर्छ भन्दै सहयोग पनि गरे । दुबै जनाको शब नेपाल पठाइसकेर दाहसंस्कार पनि भइसक्यो । शब नेपाल पठाएर सबै प्रकृया पुरा भइसक्दा समेत गोफन्डमा उठेको रकमको खर्च विवरण एनआरएनले अमेरिकाले अहिलेसम्म सार्वजनिक गरेको छैन । नत आफनो वेभसाइटमा नै खर्चको विवरण राखेको छ ।
झण्डै महिना दिन अघि न्युयोर्कमा निधन भएका विपिनको शब नेपाल पठाउन भन्दै एनआरएनएले खोलेको गोफन्डमा १८ हजार ६ सय ६८ डलर रकम संकलन भएको थियो ।
विपिनको परिवारको जानकारी अनुसार शबगृह र नेपाल पठाउनका लागी ६ हजार ५ सय डलर मात्रै खर्च भएको छ । तर अहिलेसम्म बाकी रकमको बारेमा एनआरएनए अमेरिकाले केही सार्वजनिक गरेको छैन । बाकी रकम परिवारलाई हस्तान्तरण गर्नुपर्ने भए पनि गरेको देखिदैन ।
त्यसै गरी सृजनको गोफन्डमा पनि २५ हजार डलर संकलन भएको थियो । उनको पनि शब गृह र शब नेपाल पठाउदा विपिनकै हाराहारीमा खर्च भएको हुन सक्ने स्रोत बताउछ । तर उनको नाममा उठेको बाकी रकम सार्वजनिक भएको छैन ।
‘एनआरएनए मात्र हैन धेरै संघ संस्थाले विभिन्न नाममा यसरी नै गोफन्ड खोलेर रकम उठाउछ, हामीले सधै सहयोग गर्छो, नाम उल्लेख नगर्ने शर्तमा अमेरिकाका एक व्यवसायीले भने– ‘यति रकम उठेको त थाहा हुन्छ तर के कति सहयोग भयो भनेर कसैले पनि सार्वजनिक गरेको पाइदैन ।’ उनले यस्तो भएपछि उठेको सबै रकम पीडितको नाममा सदुपयोग भयो भएन भन्ने कुरा पनि आशंका लाग्न थालेको उनले बताए ।
उनले भने जस्तै अमेरिकामा खोलिने धेरै गोफन्डमा अहिलेसम्म कसैले पनि हिसाब किताब सार्वजनिक गरेको पाइदैन । यही कारण गोफन्डमा सहयोग गर्नेहरुलाई पनि यसले आशंका पैदा गराइरहेको छ ।
यस सम्बन्धमा गैरआवासिय नेपाली संघ एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी संग प्रतिकृया लिन खोज्दा उनको मोवाइलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected