निवर्तमान राष्ट्रपति ट्रम्प माथि ससदमा भएको हमलालाई लिएर मुद्धा दायर
अमेरिका– अमेरिकाको संसद भवनमा गत ६ जनवरीमा भएको दंगको मामलामा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि अर्को आपत्त आइ लागेको छ ।
संसद भवनका सात प्रहरी अधिकारीले ट्रम्प तथा उनका सहयोगी विरुद्ध मुद्धा दायरा गरेका छन् । बासिङटन डिसीको जिल्ला अदालतमा यो मुद्धा दायर भएको हो ।
यसमा ट्रम्प संगै दक्षिण चरमपन्थी समुहका २० सदस्य तथा राजनितिक संगठन माथि शान्तिपुर्ण रुपमा सत्ता हस्तान्तरणमा अवरोध सृजना गर्न षडयन्त्र रचेको आरोप लगाइएको छ ।
ससदमा भएको हमलालाई लिएर यस अघि तीन वटा मुद्धा दायर भइसकेको छ । तर ट्रम्पलाई लागेको मुद्धा भनेको यो पहिलो पटक हो ।
उनले चुनावमा हार पछि आधारहिन झुठ फैलाएको आरोप लगाइएको छ । ट्रम्पले भने यसको खण्डन गदै आएका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...