शरणार्थिको रुपमा अफगानिस्तानबाट आतंककारी पनि अमेरिका–युरोप छिरेको आशंका

अमेरिका– शरणार्थीको रुप धारण गरेर अफगानिस्तानबाट केही आतंककारी अमेरिका तथा युरोप पसेको आंशका गरिएको छ ।
अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले इस्लामिक आतंककारी यसरी आएको हुन सक्ने भन्दै चिन्ता जाहेर गरेको हो ।
अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट देश छाडनेहरुकेा ताती छ । त्यति तातीमा आतंककारी पनि शरणार्थि बनेर छिरेको हुन सक्ने आंशका गरिएको हो । अफगानिस्तानबाट अमेरिका तथा युरोप आएका सय जनामा अमेरिकी खुपिया एजेन्सीले नजर राखेको छ ।
त्यसो त अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि यो आशंका आउनु अघि नै यस सम्बन्धी बयान दिइसकेका छन् । आइएस तथा अलकायदा समुहले अफगानिस्तानको स्थितिलाई लिएर फाइदा उठाउन सक्ने राष्ट्रपति बाइडेनले बताएका थिए ।
अमेरिकाको पेन्टागनका अनुसार आतंककारीहरु अमेरिका तथा युरोप पसेर आफनो संजाल विकसित गर्न सक्ने बताएको छ । यसले आउने समय अमेरिका तथा युरोपका लागी चुनौती बनेर खडा हुन सक्नेछ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...