जिन्दगी
दौडिरहेको छ
खुसी घिस्री रहेको भेट्छ जिन्दगीले
कुदिरहेको जिन्दगीले छोडिदिन्छ खुसीको त्यो पल
समयको त्यो पलमा दुखि मान्छे
खुसी खोज्दै पछि पछि कुद्छ
कल्पिन्छ खुसी र फेरी दौडन्छ आफैं दुखेर
जिन्दगी भन्नु बेलगाम बिजेता रहेछ दौडको
तर जितेर पनि जिन्दगी दुख्नु पर्ने मान्छे
हार्छ मान्छे, हारेर पनि स्वप्निल खुसीमा रमाउछ मान्छे
अनायास जिन्दगीमै जोडिन्छ अर्को जिन्दगी
जोडेर जिन्दगी एक पल फेरी मुस्कुराउछ मान्छे
तर जिन्दगीले कुर्दैन मान्छे र त्यो पलको खुसी
कठै मान्छे, मेरो भन्छ जिन्दगी
आफ्नो हुँदोहोत जिन्दगी
खुसीको त्यो पल छोडेर किन बेलगाम दौडन्छ जिन्दगी ?
रोक्न पनि नसकिने छेक्न पनि नसकिने
बाँधेर बांधिन्न जिन्दगी
दुख होस् वा सुख, अनुभूतिको स्वर्णिम त्यो पल जिन्दगी दौडीरहन्छ
अन्तिम दौडमा जिन्दगीले मान्छेलाई छोडीदिन्छ
कठै बिचरा मान्छे, मेरो-मेरो भन्ने जिन्दगी सम्झेर
न रुन सक्छ, न हाँस्न, निरिह मान्छे र उसको भागको विष्मयकारी जिन्दगी
निरुत्तर मान्छे, जिन्दगी जानेर पनि, दुखिरहन्छ, क्षणभरको खुसी कल्पेर
कठै बिचरा मान्छे, तेरो-मेरो भन्दै लडिरहन्छ
छोडेर शरीर आत्मा सुटुक्क बाटो लाग्छ जिन्दगी

– हाल अमेरिका

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected