एनआरएनए अमेरिकाले ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठायेा

अमेरिका-गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्याउने लक्षका साथ तीन करोड १६ लाख नेपाली रुपैयाँ भन्दा बढी मूल्यको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाइएको छ ।शुक्रवार अमेरिकाको युटाह राज्यको साल्ट लेक सीटीबाट ९ हजार ६सय १० पाउन्ड अर्थात् ४ दशमलव ८ टन बराबरको स्वास्थ्य उपकरण र सामाग्री लिएर अमेरिकी सेनाको जहाज नेपालका लागि उडान भरेको छ ।
एनआरएनए अमेरिका र अमेरिकाको सेक्रेटरी अफ डिफेन्स अन्तरगत अमेरिकी सेना मार्फत सहयोग सामाग्री ढुवानीमा सहमति भएपछि अमेरिकी सेनाको जहाजले शुक्रवार स्वास्थ्य उपकरण र सामाग्री लिएर उडान भरेको हो ।आगामी दिनमा आपत् – विपद्को समयमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाले अमेरिकी सेनाको जहाजमा सहयोग सामाग्री नेपालसम्म निःशुल्क ढुवानी गराउन सक्ने गरी सहमति भएको छ । यो सहमतिसँगै प्रारम्भ भएको निःशुल्क ढुवानी गैर आवासीय नेपाली सङ्घ अमेरिकाको नेपाल र नेपालीको सहयोग अभियानका लागि कोसे ढुङ्गा साबित भएको छ ।
गैर आवासीय नेपाली सङ्घ अमेरिकाले अक्सिजन कन्सनटेटर ६४ थान, अक्सिजन पल्स अक्सिमिटर ३० बक्स, भोल्ट स्टेप अप–डाउन ट्रास्फरमर २६ थान, ठुलो परिमाणमा एन ९५ मास्क, केएन ९५ मास्क २ हजार १०८ बक्स, ठुलो परिमाणमा फेस सिल्ड, विभिन्न साइजको सर्जिकल गाउन सुट ११० बक्स, ठुलो परिमाणमा स्वाव टेस्टर, सी प्याप उपकरण १५ बक्स सहित पाँच प्यालेटमा ९ हजार ६सय १० पाउन्ड अर्थात् ४ दशमलव ८ टन सामाग्री नेपाल पठाइएको छ ।
यो सहमतिको आधार तयार गर्न महत्त्वपूर्ण सहयोग गर्नुहुने सेक्रेटरी अफ डिफेन्स अन्तरगतको युटाह नेशनल गार्ड स्टेट पार्टनरसिप कार्यक्रमका निर्देशक मेजर जनरल विलियम के बेइसिन्जर प्रति गैर आवासीय नेपाली सङ्घ अमेरिका परिवार आभारी छौँ । यस कार्यक्रममा जोड्न र सहयोग जुटाउन अथक मेहनत गर्नुहुने अमेरिका स्थित नेपाली दूतावासका होमकान्त भण्डारी, डाइरेक्ट रिलिफका ड्यानियल होभी, स्मृत कम्वोइ, डाक्टर विष्णु नेपाल, अवकाश प्राप्त अमेरिकी सैनिक अधिकृत श्याम ज्ञवाली, महावाणिज्य दुत रीशी ढकाल, सेवा इन्टनेशनलका अचलेश अमर, स्वदेश कटोच र शिव मिश्र, गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पुर्व सल्लाहाकर संकेस सुबेदी लगाएत लाई धन्यवाद
एनआरएन अमेरिकाले धन्यवाद दिएकेा छ ।
अमेरिकी सेनाको जहाज पठाउन लागिएको सहयोग उपकरण र सामाग्रीको जाँच पडतालको समयमा युटाह नेशनल गार्डको परिसरमा पुगेर गैर आवासीय नेपाली सङ्घ अमेरिकाका कोषाध्यक्ष राजीव श्रेष्ठले प्रक्रियागत रूपमा भएका सबै कामको फेहरिस्त तयार गर्नु भएको छ । स्वास्थ्य उपकरण र सामाग्री अगष्ट ३१ तारिख नेपाल पुग्ने छ ।नेपाल र नेपालीलाई कोभिड महामारी विरुद्धको अभियानमा सहयोग स्वरूप पठाइएका स्वास्थ्य उपकरण र सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गर्न गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी काठमाडौँ प्रस्थान गरेका थिए ।
ध्यक्ष सुवेदीले गैर आवासीय नेपाली सङ्घ अमेरिकाको तर्फबाट नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई सबै सामान हस्तान्तरण गर्नु हुनेछ । हस्तान्तरण कार्यक्रममा परराष्ट्र मन्त्रालय, नेपाली सेना, अमेरिकी राजदूतावास, अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआइडीका प्रतिनिधि पनि सहभागी हुने कार्यक्रम रहेको छ ।
एक महिनाको छोटो अवधिमा यो काम सम्पन्न गर्न अध्यक्ष बुद्धि सागर सुवेदी, उपाध्यक्ष सुमन थापा,महासचिव अन्जन चौलागाई, सचिव अनुप खनाल, कोषाध्यक्ष राजीव श्रेष्ठ, युवा संयोजक त्रिभुवन पाण्डे, क्षेत्रीय संयोजकहरू श्रीराम थापा, समर बहादुर बुढाथोकी र किरण बस्नेत लगायत कार्यसमितिका पदाधिकारी, बोर्ड सदस्यहरू साथै च्याप्टरका पदाधिकारी र बोर्ड सदस्यहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकेा एनआरअनए प्रवक्ता तेाया दाहालले विज्ञप्ती मार्फत जनाएका छन ।